काठमाडौं । सुरक्षा निकायका प्रमुख र मुख्य सचिवले विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन र सबैलाई संयमित हुन आग्रह गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गरी मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ, महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले विज्ञप्ति जारी प्रधानमन्त्रीको राजीनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आग्रह गरेको हो ।

सेनाले यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा अपील गरेको छ ।