काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका जिम्मेवार नेताहरूबाट भइरहेका अमर्यादित र घृणाजन्य अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार विज्ञप्ति जारी गरी आयोगले विगत केही दिनयता एकअर्काप्रति लगाइएका आक्षेप र घृणा फैलाउने खालका भाषणहरूले समाजमा अराजकता निम्त्याउने भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न सचेत गराएको हो ।